आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जमा मेयर घरदैलो स्वास्थ्य कार्यक्रम संचालन

Avatar photo दिशा निर्देश २६ भाद्र २०७९, आईतवार १४:१४ मा प्रकाशित (३ साल अघि)

वीरगन्ज महानगरपालिकाले ” मेयर घरदैलो स्वास्थ्य कार्यक्रम ” सुरु गरेको छ ।
वीरगन्ज महानगरपालिकाले वडा नम्बर ३० लालपर्सा स्वास्थ्य चौकीबाट ” मेयर घरदैलो स्वास्थ्य कार्यक्रम ” सुरु गरेको हो ।
” मेयर घरदैलो स्वास्थ्य कार्यक्रम ” को उदघाटन वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गरेका छन ।
कार्यक्रममा बोल्दै नगरप्रमुख सिंहले वीरगन्जबासीको स्वास्थ्य तन्दुरुस्त राख्नलाई ” मेयर घरदैलो स्वास्थ्य कार्यक्रम ” संचालनमा ल्याएको बताए ।
उनले चिकित्सकले ” मेयर घरदैलो स्वास्थ्य कार्यक्रम ” मा महिला ,वृद्ध ,युवामा रहेको सबै रोगको परिक्षण हुने बताए ।
नगर प्रमुख सिंहले स्थानीयबासीलाई खुल्ला रूपमा ” मेयर घरदैलो स्वास्थ्य कार्यक्रम ” मार्फत स्वास्थ्य परिक्षण गराउन आग्रह गरे ।

“मेयर घरदैलो स्वास्थ्य कार्यक्रम ” मार्फत ९८ किसिमको औषधिसमेत वितरण हुने स्वास्थ्य शाखा प्रमुख रितेश जैसवालले जानकारी दिए ।
उनका अनुसार महानगरपालिकाको मोबाइल सेवा ल्याबबाट विभिन्न किसिमको रोगको परिक्षण संगै निशुल्क औषधि वितरण गर्न थालिएको छ ।
“मेयर घरदैलो स्वास्थ्य कार्यक्रम ” मार्फत आइतबार देखि बिहीबार सम्म दैनिक बिहान ९ बजेदेखि ५ बजेसम्म चेकजाँच हुनेछ ।
“मेयर घरदैलो स्वास्थ्य कार्यक्रम “मा वीरगन्ज महानगरपालिकाको चिकित्सक र स्वास्थ्यकर्मीहरु परिचालन भएको उनले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी पौडेलले मानवको कुनै पनि रोग धेरै जटिल हुन नदिने गरि स्वास्थ्य शिविरमा चेकजाँच गराउन आग्रह गरे ।
उनले महानगरपालिकाले स्वास्थ्य जस्तो महत्त्वपूर्ण कार्यक्रम मार्फत जनताको घरमा यो सेवा ल्याएकाले कार्यक्रमको सदुपयोग गर्न आग्रह गरे ।
वडा नम्बर ३० का वडाअध्यक्ष मनोज यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अन्सारी लगायत सहभागी भएका थिए ।


सम्बन्धित खबरहरु