वीरगञ्ज – वन तथा वातावरण मन्त्री प्रदीप यादबले एसिड पीडित मुक्कान खातुनको जीवनमा आधारित ‘मुस्कान’ फिल्ममा आफूले अभिनय गर्ने भनेर संचार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
सोमबार दिउँसो रमित ढुंगानाको निर्देशनमा बन्न लाेको मुस्कान फिल्ममा मन्त्री यादबले मुख्य नायकको भूमिका निर्वाह गर्न समय छुट्याइसकेको भनेर समाचार प्रकाशित भएको थियो ।
फिल्ममा वनमन्त्री यादसँगै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले पनि अभिनय गर्ने समाचारमा जनाईएको थियो ।
समाचार प्रकाशन भएसँगै मन्त्री यादबले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै साथै आफूसँग जोडिएको विषयमा सोध्दै नसोधी समाचार प्रकाशित गरेको प्रति आपत्ती जनाएका हुन् ।
उनले लेखेका छन्, ‘मसँग जोडिएको विषयमा मलाई नसोधेरे लेखिएको समाचार प्रति मेरो आपत्ति छ । तसर्थ आगामी दिनमा मसँग जोडिएका कुनै पनि विषयमा लेख्दा सोधेर बुझेर लेख्न पनि आग्रह गर्दछु ।’
मन्त्री यादबले अभिनय गर्ने बिषयमा केही समय अघि ढुंगानासँग कुरा भएको भए पनि अहिले मन्त्री भए पछि भने समय अभावका कारण अभिनय गर्न असमर्थ रहेको पनि बताएका छन् ।