आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जबाट हुण्डीको ४१ लाख नगद सहित एक भारतीय युवक पक्राउ

Avatar photo दिशा निर्देश ४ श्रावण २०७९, बुधबार १९:५४ मा प्रकाशित (३ साल अघि)

वीरगन्जबाट हुण्डीको ४१ लाख नगद सहित एक भारतीय युवक पक्राउ

वीरगञ्ज , ०४ श्रावण अवैध वित्तिय कारोबार हुण्डीको धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले ठूलो परिमाणको रकम सहित एक जना भारतीयलाइ वीरगन्जबाट पक्राउ गरेको छ ।

प्रहरीले वीरगन्ज भन्सार क्षेत्रबाट श्रोत नखुलेको ४१ लख ५५ हजार नेपाली रुपैया सहित भारत बिहारको रक्सौलका २५वर्षिय राकेश कुमारलाइ पक्राउ गरेको हो । उनको साथबाट बरामद नगद रकम हुण्डीकोे कारोबारको रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार , प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्जज १६ रजतजयन्ती चोकमा भारतको रक्सौलबाट वीरगन्ज तर्फ बीआर ०५ एन ०२३८ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा राकेश सवार उक्त मोटरसाइकलकोे सिटमुनी र ट्यांकीमा लुकाई छिपाई राखेको अवस्थामा श्रोत नखुलेको ४१ ह्जार ५५ हजार रुपपैया बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रहलाद कार्कीले बताए ।

पक्राउ परेका राकेशलाइ बैंक तथा वित्तीय संस्था बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको कार्कीले जानकारी दिए ।


सम्बन्धित खबरहरु