आज:  | Tue, 21, Apr, 2026

पानी नपर्दा किसान मर्कामा, पर्सा बारामा धान राेपाइ हुन सकेन

Avatar photo दिशा निर्देश १ श्रावण २०७९, आईतवार १४:५६ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – लामो समय देखि पानी नपरेर खडेरी पर्दा पर्सा जिल्लामा अहिले सम्म आधा पनि धान रोपाइ हुन सकेको छैन ।

लामो समय देखि पानी पनि नपरेको र चर्को घामले ब्याडमा तयार भइसकेका बीउका बेर्ना सुक्न थालेका छन् वैकल्पिक सिंचाइ गरेर रोपिएका धानको बोट पनि पहेलिएर डढ्न थालेका छन् ।

अन्नके भण्डार मानिने मधेस प्रदेशका आठ जिल्ला मध्ये पर्सामा अहिले सम्म सबै भन्दा कम ४२ प्रतिशत मात्रै रोपाइ भएको छ । शुक्रबार सम्म पर्सामा ४२ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख मुनिलाल प्रसादले बताए ।

यसपाली समयमा पानी नपर्दा पर्साका किसानले धान रोप्न पाएका छैनन्  । आकाशेपानीको भरपर्दा अहिलेसम्म पर्सामा ४२ प्रतिशत मात्र खेतमा रोपाइँ भएको हो  । अघिल्लो वर्षको तुलनामा यो आधा भन्दा पनि कम हो  ।
कृषि ज्ञान केन्द्र पर्साका प्राविधिक सहायक सुरेश चौरसीयाले आकाशेपानीको भरपर्दा आधा भन्दा बढि किसानले रोपाइँ गर्न नसकेको बताए ।

‘किसानले लगाएको बीउ सुक्न थालिसक्यो , यो बेला सम्म रोपाइँ सक्नुपथ्र्यो,’ उनले भने, ‘साउन भित्रमा रोपाइँ सकिन्छ होला ।यसपाली गण्डक नहरमा पनि समयमा पानी नआएकाले पर्सामा रोपाइ थोरै भएको उनले बताए । उनका अनुसार पर्सा जिल्लामा धान खेती ४७ हजार १ सय ३० हेक्टरमा हुने गरेको छ । ती मध्ये अगहनी धानको खेती ४६ हजार हेक्टरमा हुने गरेको चाौरसीयाले बताए ।

यसैगरि बारा जिल्लामा भने अहिले सम्म ५० प्रतिशत रोपाइ भएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बताए । कुल ४८ हजार हेक्टरमा धान रोपाइँ हुँदै आएको बारामा अहिले सम्म त्यसको आधा मात्र रोपाइँ भएको उनले बताए ।


सम्बन्धित खबरहरु