आज:  | Tue, 21, Apr, 2026

आजदेखि अब ३ सय डलर माथिको मोबाइल आयात गर्न राेक

Avatar photo दिशा निर्देश १ श्रावण २०७९, आईतवार ०९:२१ मा प्रकाशित (३ साल अघि)

काठमाण्डाै – अब ३ सय अमेरिकी डलरभन्दा माथिका स्मार्ट मोबाइल फोन आयात गर्न नपाइने भएको छ।

सरकारले गत वैशाख १३ गतेदेखि लगाएको आयात प्रतिबन्धको अवधि भदौं १४ गतेसम्म पुर्‍याउँदै मोबाइल आयातमा थप कडाई गरेको हो।

सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित भदौं १४ गतेसम्म पुर्‍याउने निर्णय गरेको हो।

यसअघि वैशाख १३ गतेदेखि प्रतिबन्ध लगाउँदा ६ सय डलससम्मका स्मार्टफोन आयात गर्न पाइने थियो। अहिले यसलाई परिमार्जन गरेर ३ सय डलर बनाइएको हो।


सम्बन्धित खबरहरु