आज:  | Tue, 21, Apr, 2026

आजदेखि १५० सीसी माथिका मोटरसाइकल आयात गर्न प्रतिबन्ध

Avatar photo दिशा निर्देश १ श्रावण २०७९, आईतवार ०९:१२ मा प्रकाशित (३ साल अघि)

काठमाण्डाै – आजदेखि १५० सिसी भन्दा बढी क्षमताका मोटरसाइल आयातमा प्रतिवन्ध लागेको छ।

सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जन गर्दै १५० सिसी भन्दा बढी क्षमताका मोटरसाइल आयातामा प्रवितन्ध लगाएको हो।

भदौं १४ गतेसम्म लाग्ने मोटरसाइकलआयातमा थप कडाई गरिएको छ।

यसअघि वैशाख १४ गतेदेखि लगाइएको प्रतिबन्ध असार मसान्तसम्म तोकिएको थियो।

यसअघि २५० सीसीसम्मका मोटरसाइकल आयात गर्न दिइएको भए पनि यसपटक १५० सीसी माथिका सबै मोटरसाइकल तथा स्कुटर आयातमा प्रतिबन्ध लगाइएको हो।

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार, भ्यानमा लगाएको प्रतिबन्धलाई पनि निरन्तरता दिएको छ ।

गाडीको साथै सबै किसिमका कुकुरे, कुर्मुरे जस्ता खाध्य बस्तु, ३२ इन्च माथिका टेलिभिजन, चुरोट तथा सूर्तिजन्य उत्पादन, सबै किसिमका तयारी मदिरा, हिरा, ३०० डलर माथिका मोवाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा प्रतिबन्ध लगाएको हो।


सम्बन्धित खबरहरु