वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले आज स्वेत पत्र जारी गर्न लागेको छ ।
महानगरकाे नेतृत्व लिँदै गर्दा वीरगञ्जकाे अवस्था कस्ताे थियाे भनेर नगरवासीलाई जानकारी दिन स्वेत पत्र सार्वजनिक गर्न लागिएकाे नगरप्रमुख राजेशमान सिंहकाे सचिवालयले जानकारी दिए ।
महानगरपालिका नयाँ नेतृत्व निर्वाचित भएपछि गएकाे जेठ २३ गते बसेकाे पहिलो बोर्ड बैठकले महानगरको अवस्था बारे जानकारी गराउन स्वेत पत्र पत्र जारी गर्ने निर्णय गरेकाे थियाे ।
स्वेत पत्र तर्जुमाका लागि महानगरपालिकाले पुँजीगत बजेटमा विद्यावारिधी गरेका अर्थविद् डा.दिपेन्द्र चाैधरीकाे संयाेजकत्वमा ७ सदस्यिय समिति बनाएकाे थियाे ।
समितिले स्वेतपत्र तयार गरी केही दिन अघि महानगर प्रमुखलाई हस्तान्तरण गरेसँगै महानगरकाे शनिबार बसेकाे बाेर्ड बैठकले आइतबार स्वेतपत्र सार्वजनिक गर्ने निर्णय गरेकाे हाे ।
वीरगञ्ज महानगरको आर्थिक, शैक्षिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्र तथा विभिन्न परियोजनाहरुको वर्तमान अवस्था लगायत विषयलाई समेटेर स्वेतपत्र तयार पारिएको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको सचिवालयले जनाएको छ ।
स्वेत पत्र महानगरपालिकाको सभाहलमा आइतबार अपराहन्न ३ बजे सार्वजनिक गरिने कार्यक्रम रहेकाे छ ।
