आज:  | Tue, 21, Apr, 2026

पत्रकारको निशुल्क बीमा

Avatar photo दिशा निर्देश १० असार २०७९, शुक्रबार १७:४० मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले पर्साका पत्रकारहरुको निशुल्क बीमा गरिदिने भएको छ । यसका लागि महानगरले आगामी आर्थिक वर्ष २०७९/०८० को नीतिमा नै यसलाई समेटेको छ ।

महानगरको नीति सार्वजनिक गर्दै महानगरप्रमुख राजेशमान सिंहले पत्रकारलाई भईपरी आउने स्वास्थ्य तथा दुर्घटनाको उपचार सहज बनाउन निशुल्क स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गरेको उल्लेख गरे ।

महानगरप्रमुख सिंहले सार्वजनिक गर्नु भएको आगामी आर्थीक वर्षको नीतिमा संचारकर्मीलाई सक्षम र व्यवसायीक बनाउन क्षमता अभिवृद्धिका कार्यक्रम संचालन गर्ने उल्लेख छ ।

यसका साथै अध्ययन अनुसन्धान गर्न चाहने पत्रकारलाई अध्ययन भ्रमण र फेलोसिपको व्यवस्था गर्नुका साथै कार्यक्षेत्रमा उत्कृष्ट काम गर्ने पत्रकारलाई पुरस्कृत तथा सम्मानित गर्ने योजना पनि महानगरले अघि सारेको छ ।

यस्तै महानगरमा दर्ता तथा संचालनमा रहेका संचार माध्यमका लागि समानुपातिक ढंगले विवरण हुने लोक कल्याणकारी विज्ञापनको व्यवस्थालाई पनि निरन्तरता दिएको छ ।


सम्बन्धित खबरहरु