आज:  | Sun, 26, Jun, 2022

खुल्याे सयपत्री हाइड्रोको आईपीओ

दिशा निर्देश २ असार २०७९, बिहीबार १०:२५ मा प्रकाशित (१ हफ्ता अघि)

सयपत्री हाइड्रोपावरले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावितका लागि १०० सय रुपैयाँ अंकित ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ बिक्री खुलाएको हो ।

सयपत्री हाइड्रोपावरको कूल चुक्ता पूँजी ३० लाख कित्ता बराबरको ३० करोड रुपैयाँको छ । जसमध्ये ३० प्रतिशत अर्थात ९ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको छ । यसमध्ये ३ लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री गर्न लागेको हो ।

यस्तै, बाँकी ६ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुलाइने छ । जसमध्ये १२ हजार कित्ता आईपीओ कर्मचारीलाई र ३० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

कम्पनीले बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिकाका लागि आईपीओको बिक्री खुलाएको हो । यस्तै, गल्कोट नगरपालिकाका स्थानीयवासीले समेत आईपीओमा आवेदन दिन सक्नेछन् ।


सम्बन्धित खबरहरु