आज:  | Tue, 21, Apr, 2026

शेयर बजार आज पनि राताम्मे, ४५ अंकले घट्यो नेप्से

Avatar photo दिशा निर्देश २४ जेष्ठ २०७९, मंगलवार १५:२७ मा प्रकाशित (३ साल अघि)

काठमाडौँ — मंगलबार शेयर बजारको परिसूचक नेप्से ४५.५९ अंकले घटेको छ । सो अंकको कमीसँगै परिसूचक २०२० अंकमा झरेको छ । १ अर्ब ३१ करोड रुपैयाँको कारोबार भयो । सबै उपसमूह घटेका छन् ।

बैंकिङ ३८, विकास बैंक ८८, फाइनान्स ३७, होटल तथा पर्यटन ४६, जलविद्युत् ४७, जीवन बीमा ८७, उत्पादन १३७, माइक्रोफाइनान्स ६९, निर्जीवन बीमा १३९, अन्य ३१ र ब्यापार उपसमूह ३० अंक घटे ।

१८१ कम्पनीको मूल्य घट्दा १५ को बढ्यो । उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । हिमालयन बैंकको मूल्य आज पनि १० प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, कुमारी बैंक, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, नबिल बैंक क्रमश: अगाडि रहे ।


सम्बन्धित खबरहरु