वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ५० जनाभन्दा बढीले स्वास्थ्य जाँच गराएका छन् ।
सेभ द ह्युमानिटी नामक संस्थाको आयोजनामा शनिवार सम्पन्न शिविरमा ५० जनाभन्दा बढीले स्वास्थ्य जाँच गराएको संस्थाका अध्यक्ष महमद शेख अताउलले जानकारी दिए ।
स्वास्थ्य जाँच गरिएकाहरुलाई आवश्यकता बमोजिम निशुल्क औषधी समेत वितरण गरिएको उनले बताए ।
शिविरमा आएकाहरुको डा.निजर कुमार क्याल र डा.रितेश राउत सहितको टोलीले स्वास्थ्य परीक्षण गरेको संस्थाका सचिव रितिक कुमारले जानकारी दिए ।
शिविर उद्घाटन कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्ल, वडा नम्बर १ का वडाअध्यक्ष्म मनोज राउत कुर्मी लगायतको उपस्थिती रहेको थियो ।
