आज:  | Tue, 21, Apr, 2026

अर्थमन्त्री शर्मा वीरगञ्जमा, बिहानैदेखि विभिन्न स्थानकाे निरीक्षण गर्दै

Avatar photo दिशा निर्देश २१ जेष्ठ २०७९, शनिबार ११:४७ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – अर्थमन्त्री जनार्दन शर्मा वीरगन्ज आएका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघको साधारणसभाको उदघाटनका लागि मन्त्री शर्मा शनिबार बिहान वीरगञ्ज आएका हुन् ।

सिमरा विमानस्थलमा शर्मालाई वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता सहितको पदाधिकारीको टोलीले स्वागत गरेका थिए ।

मन्त्री शर्माले आजै एकीकृत भन्सार जाँच चौकी र सुक्खा बन्दरगाह निरीक्षण गरेका छन् ।

एकीकृत भन्सार जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह निरीक्षण गर्दै मन्त्री शर्माले देशकाे ढुकुटी बृद्धिमा वीरगञ्जले खेलेकाे भूमीकाकाे प्रसंसा गरे ।

मन्त्री शर्माले आजै वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखानाको स्थलगत निरीक्षण गर्नु हुने बुझिएको छ ।

आर्थिक बर्ष ०७९/८० को बजेटमा पनि अर्थमन्त्री शर्माले वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखाना संचालन गर्ने उदघोष गरेका थिए । त्यसैले मन्त्री शर्माले चिनी कारखाना र कृषि औजार कारखानाको निरीक्षण गर्न लागेकाे बुझिएकाे छ ।

त्यहाँ निरीक्षण सकिएपछि भने संघकाे साधारणसभामा सहभागि हुने छन् ।


सम्बन्धित खबरहरु