आज:  | Tue, 21, Apr, 2026

पर्साका १४ वटा स्थानीय तहमध्ये कुनमा कति गयो बजेट ? (तथ्यांक सहित)

Avatar photo दिशा निर्देश १९ जेष्ठ २०७९, बिहीबार १८:३० मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – संघीय सरकारले ल्याएको बजेटमा पर्सा जिल्लाको १४ वटा स्थानीय तहको लागि ५ अर्ब १० करोड १७ लाख रुपैयाँ अनुदान दिएको छ ।

संघीय सरकारले जिल्लाका १४ वटै स्थानीय सरकारलाई समानीकरण, विशेष, ससर्त र समपुरक अनुदान गरी ४ शीर्षकमा बजेट पठाएको हो हो ।

१ महानगर, ३ नगरपालिका र १० वटा गाउँपालिका रहेको पर्सा जिल्लामा संघीय सरकारले १५ गते सार्वजनिक गरेको बजेटमार्फत शीर्षक अनुरुप अनुदान पठाएको हो ।
मधेस प्रदेशकै एक मात्रै महानगरपालिका रहेकाले वीरगञ्जले सबै भन्दा धेरै बजेट प्राप्त गरेको छ ।

वीरगञ्जले १ अर्ब ४४ कराेड ८६ लाख रुपैयाँ पाएकाे छ । जसमा ४७ कराेड ८८ लाख समानिकरण अनुदान, ८० कराेड ९८ लाख सशर्त अनुदान रहेकाे छ । ६ कराेड रुपैयाँ विशेष अनुदान प्राप्त गर्दा १० कराेड रुपैयाँ समपुरक अनुदान प्राप्त गरेकाे छ ।

यस्तै ३ वटा नगरपालिकामध्ये बहुदरमाई नगरपालिकाले सबैभन्दा धेरै बजेट पाएको छ भने पर्सागढी नगरपालिकाले सबैभन्दा कम बजेट प्राप्त गरेको छ ।
तीनै वटा नगरपालिका विशेष अनुदान प्राप्त गर्नबाट भने बन्चित भएका छन् ।

सबैभन्दा धेरै बजेट पाएको बहुदरमाई नगरपालिकामा ३५ करोड ८५ लाख रकम हस्तान्तरण हुने छ । जसमा १३ करोड ८२ लाख समानीकरण अनुदान, २१ करोड ३ लाख सशर्त अनुदान र १ करोड समपुरक अनुदान छुट्याइएको छ ।

सबैभन्दा कम वित्तीय हस्तान्तरणबाट अनुदान पाएको पर्सा गढी नगरपालिकाले ३१ करोड ४७ लाख रुपैयाँ पाएको छ । जसमा १३ करोड ६२ लाख रुपैयाँ समानीकरण अनुदान, ससर्त अनुदान १७ करोड ८५ लाख रुपैयाँ प्राप्त गरेको छ भने यो नगरपालिकाले विशेष अनुदान र समपुरक अनुदान पाएको छैन ।

यस्तै पोखरीया नगरपालिकाले ३३ करोड ३२ लाख रुपैयाँ प्राप्त गर्दा वित्तीय समानीकरण अनुदानतर्फ १२ करोड ५० लाख रुपैयाँ प्राप्त गरेको छ । ससर्त अनुदानतर्फ २० करोड ३२ लाख रुपैयाँ र समपुरक अनुदानतर्फ ५० लाख रुपैयाँ पाएको छ ।

१० वटा गाउँपालिकामध्ये सबैभन्दा धेरै सखुवा प्रसौनी गाउँपालिकाले बजेट पाएको छ भने सबैभन्दा कम बजेट पकाहा मैनपुर गाउँपालिकाले पाएको छ ।

१० मध्ये ६ वटा गाउँपालिका भने विशेष अनुदान र समपुरक अनुदानबाट बन्चित भएका छन् । ४ गाउँपालिका छिपहरमाई, पटेर्वा सुगौली, ठोरी र जिराभवानी गाउँपालिकाले मात्रै दुबै अनुदान प्राप्त गर्दा अन्य गाउँपालिका यो अनुदान पाउनबाट बन्चित भएका छन् ।

सबैभन्दा धेरै बजेट पाएको सखुवा प्रसौनी गाउँपालिकामा ३२ करोड ९८ लाख रुपैयाँ हस्तान्तरण हुने छ । जसमा १२ करोड ६७ लाख समानीकरण अनुदान, २० करोड ३१ लाख ससर्त अनुदान छुट्याइएको छ ।

सबैभन्दा कम वित्तीय हस्तान्तरणबाट अनुदान पाएको मकाहा मैनपुर गाउँपालिकाले २१ करोड रुपैयाँ पाएको छ । जसमा १० करोड २१ लाख रुपैयाँ समानीकरण अनुदान प्राप्त गर्दा १० करोड ७९ लाख रुपैयाँ ससर्त अनुदान प्राप्त गरेको छ । यो गाउँपालिकाले विशेष अनुदान र समपुरक अनुदान पाएको छैन ।

यस्तै ठोरी गाउँपालिका धेरै बजेट प्राप्त गर्ने मध्ये दोस्रोमा परेको छ । ठोरीले ३१ करोड २६ लाख रुपैयाँ प्राप्त गर्दा १० करोड ३६ लाख समानिकरणतर्फ, १७ करोड ८० लाख सशर्ततर्फ अनुदानतर्फ प्राप्त गरेको छ । यस्तै २ करोड ८५ लाख विशेष अनुदान तर्फ प्राप्त गर्दा २५ लाख रुपैयाँ समपुरक अनुदानतर्फ प्राप्त गरेको छ ।


सम्बन्धित खबरहरु