आज:  | Tue, 21, Apr, 2026

इन्धनमा लगाइएको १० प्रतिशत कर घटाउने सरकारको घोषणा

Avatar photo दिशा निर्देश १५ जेष्ठ २०७९, आईतवार २०:२३ मा प्रकाशित (३ साल अघि)

काठमाण्डाै – सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने सदनमा जानकारी गराएका हुन् । अर्थमन्त्री शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिलाई समायोजन गर्ने बताएका हुन् ।

सरकारले दुईपटक गरी उच्चदरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । इन्धनमा गरिएको मूल्यवृद्धिको अहिले चौतर्फी विरोध भइरहेको छ । इन्धनमा लगाइएको कर १० प्रतिशत घटाउने सैद्धान्तिक निर्णय मन्त्रिपरिषद् बैठकले गरिसकेको छ ।

 


सम्बन्धित खबरहरु