आज:  | Mon, 27, Jun, 2022

विभिन्न लायन्स क्लबको संयुक्त आयोजनामा वीरगञ्ज ३१ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

दिशा निर्देश १४ जेष्ठ २०७९, शनिबार २२:३७ मा प्रकाशित (४ हफ्ता अघि)

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ को नयाँ टोलमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

वीरगञ्जका लायन्स क्लब परिवारको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।

शिविरमा मधुमेह तथा स्त्री रोगका सम्बन्धमा स्थानीयको निशुल्क चेकजाँच गरिएको आयोजकले जानकारी दिएको छ ।

शिविरमा २ सय १९ जना स्थानीयको स्वास्थ्य जाँच गर्नुका साथै आवश्यकता अनुसार निशुल्क औषधीसमेत वितरण गरिएको स्त्री रोग विशेषज्ञ डा.दिप्ती यादवले जानकारी दिनु भयो ।

शिविरमा स्त्री रोग विशेषज्ञ डा.दिप्ती यादवका साथै डा.उदयनारायण सिंह, डा.आरके सिंह, डा.जिनत, डा.नुर देवान, बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए ।

स्वास्थ्य चेतनामा कमी हुँदा अधिकांसमा रिंगटा लाग्ने, ज्यान दुख्ने जस्ता समस्या देखिएको चिकित्सकहरु बताउँछन् । प्रसस्त पानी पिउन र खानपानमा ध्यान दिन सके धेरै रोगबाट बच्न सकिने डा.उदय नारायण सिंह बताउँछन् ।


सम्बन्धित खबरहरु