आज:  | Wed, 22, Apr, 2026

पर्साको बहुदरमाइ–४ मा एमालेका सुरेन्द्र यादव विजयी

Avatar photo दिशा निर्देश ३ जेष्ठ २०७९, मंगलवार १७:४२ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – पर्साको बहुदरमाइ नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा नेकपा एमालेका उमेदवार विजयी भएका छन्।
वडा नम्बर ४ को अध्यक्षमा एमालेका उम्मेदवार सुरेन्द्र यादव विजयी भएका हुन्। उनी ९८६ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन्।उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अशोक रौनियारले ८६० मत ल्याए।

तेस्रो स्थानमा रहेका रामरेखा सिंह राजपूतले ७८३ मत प्राप्त गरे। ०७४ सालको स्थानीय तहको निर्वाचनमा यस वडामा राजपूत स्वतन्त्रबाट उम्मेदवारी दिएर विजयी भएका थिए।


सम्बन्धित खबरहरु