वीरगन्ज महानगरपालिकामा नेपाली काँग्रेसले पनि खाता खोलेको छ ।
यसअघि अन्तिम नतिजा आइसकेका ४ वटा वडा मध्य ३ वटामा जसपाले र एउटामा एमालेले जित हासिल गरेकोमा वडा नम्बर २ मा भने काँग्रेसले जित हात पार्दै महानगरमा खाता खोलेको हो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा काँग्रेसका मोहम्मद रियाज मिया तेली विजयी भएका हुन् ।
तेली ११२१ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी जसपाका शेख जलसुद्धिनले ८६७ मत प्राप्त गरे । तेलीले निकटतम प्रतिस्पर्धी जलसुद्धिनलाइ २५४ मत अन्तरले पराजित गरेका हुन् । तेश्रो स्थानमा रहेका नेकपा एमालेका मतलुब ठकुराइ मियाले भने ७०७ मत मात्रै पाएका छन् ।