काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना जारी छ। मंगलबार दिउँसोको पछिल्लो मत गणना अनुसार रेनु दाहालले नेकपा एमालेका विजय सुवेदी भन्दा २२६ मतले अग्रता लिएकी छन् ।
१९ हजार ७८८ मत गणना हुँदा दाहालले ६ हजार ६७८ मत ल्याएकी छन् । एमालेका सुवेदीले ६ हजार ४५२ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ८ हजार १२० मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ५ हजार ३०६ मत ल्याएकी छन् ।
