आज:  | Sun, 26, Jun, 2022

एमालेलाई एक मतको अन्तरले हराउदै कांग्रेसका चौरसीया वडाध्यक्षमा विजयी

दिशा निर्देश ३ जेष्ठ २०७९, मंगलवार १५:३५ मा प्रकाशित (१ महिना अघि)

वीरगन्ज : पर्सामा नेपाली कांग्रेसका एकजना उम्मेदवार १ मतको अन्तरले वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

विन्दवासीनी गाउँपालिका वडा नम्बर ३ मा कांग्रेसका उम्मेदवार जयप्रकाश चौरसीया १ मतको झिनो अन्तरले वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार हनिफ मियाँ जोलाहालाइ १ मतले हराउँदै चौरसीया वडा अध्यक्षमा जितेका हुन् ।

वडा अध्यक्षमा निर्वाचित कांग्रेसका चौरसीयाले ११८५ मत पाएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार जोलाहाले ११८४ मत पाए ।

२०७४ सालको निर्वाचनमा कांग्रेसबाटै उम्मेदवार बनेका चौरसीया, तत्कालीन राजपाबाट जितेकी सल्मा खातुनसँग ६७ मतले पराजित हुँदै दोस्रो स्थानमा रहेका थिए ।


सम्बन्धित खबरहरु