आज:  | Sun, 26, Jun, 2022

एमालेका सरावगीभन्दा गठबन्धनका सिंह ४,५०९ मतले अगाडि

दिशा निर्देश ३ जेष्ठ २०७९, मंगलवार १२:२९ मा प्रकाशित (१ महिना अघि)

वीरगन्ज महानगरको जारी मतगणनामा मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले अग्रता फराकिलो बनाउदै लगेका छन् ।
मतगणना शुरु भएदेखि नै अग्रता कायम राखेका सिंहले अहिले ४५०९ मतको अग्रता लिएका छन् ।
मङगलबार अहिले बिहान साढे ११ बजे सम्म १६४४७ मत गणना हुदा जसपाका उम्मेदवार सिंहले ८१३१ मत प्राप्त गरेका छन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मेयर उम्मेदवार विजय कुमार सरावगीले भने ३६२२ मत मात्रै पाएका छन् । मेयरमा राप्रपाका उम्मेदवार गिरिश गिरीले भने २७३ मत पाएका छन् ।

महानगरको उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार इम्तियाज आलम ५४२३ मतका साथ अग्रस्थानमा छन् । उनलाइ लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले ९१० मतका साथ पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले भने ५९३ मत र राप्रपाकी उपमेयर उम्मेदवार विना जयसवालले ४२० मत पाएकी छन् ।


सम्बन्धित खबरहरु