आज:  | Mon, 27, Jun, 2022

बाराको परवानीपुर गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष एमालेकाे बिजयी

दिशा निर्देश ३ जेष्ठ २०७९, मंगलवार १२:२४ मा प्रकाशित (१ महिना अघि)

बाराको परवानीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमाले निर्वाचित भएको छ । अध्यक्षमा एमालेका रामक्षेत्री पटेल दुई हजार नौ सय १७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका जगत नारायण महतो दुई हजार चार सय ७४ मत ल्याएका छन । यस्तै उपाध्यक्षमा एमाले कि सुगान्धी देवी तीन हजार दुई सय ३२ मत ल्याएर निर्वाचित भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका सावित्रीदेवीले दुई हजार तीन सय ८७ मत ल्याएकी छन ।पाँच वडा रहेको गाउँपालिकामा दुई वडा एमालेले जितेको छ ।वडा नम्बर २ मा नेकपा एमालेका नुरुल होदा अन्सारी पाँच सय ८५ मत ल्याएर निर्वाचित भएका छन भने उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका सुरेश साह चार सय ८५ मत ल्याएका छन । र वडा नम्बर ३ मा इब्राहिम मिया ८ सय ८४ मत ल्याएर निर्वाचित भएका छन भने उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका अनिल रामले ८ सय २१ मत ल्याएका छन ।


सम्बन्धित खबरहरु