वीरगञ्ज- पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन्।
वडा नम्बर ९ को वडाध्यक्षमा सुशासन पार्टीको तर्फबाट उम्मेदवार रहेका नौसाद आलम विजयी भएका हुन्। उनी ८७७ मतका साथ निकटतम प्रतिद्वन्द्वीसँग ९९ मत अन्तरले वडाध्यक्षमा जित हासिल गरे।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबाबु प्रसाद चौहानले ६७८ मत प्राप्त गरे। पोखरिया नगरपालिकाको मेयर र उपमेयरमा एमाले अघि रहेको उसलाई नेपाल सुशासन पार्टीले नै पछयाइरहेको छ।
