आज:  | Wed, 22, Apr, 2026

वीरगन्ज महानगरमा एमालेको पहिलो जित , वडा नम्बर ३१ मा जितेन्द्र यादव विजयी

Avatar photo दिशा निर्देश ३ जेष्ठ २०७९, मंगलवार १०:५५ मा प्रकाशित (३ साल अघि)

वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ को वडा अध्यक्षमा नेकपा एमालेका जितेन्द्र यादव विजयी भएका छन् ।
वीरगन्ज महानगरमा यो एमालेको पहिलो जित हो । यसअघि २ वटा वडाको अन्तिम नतीजा आउदा दुवै वडा जसपाले जितेकोमा वडा नम्बर ३१ मा जित हात पार्दै एमालेले पहिलो सफलता प्राप्त गरेको हो ।

मङगलबार बिहान सकिएको वडा नम्बर ३१ को मतगणनाको अन्तिम परिणाम अनुसार , वडा अध्यक्षमा एमालेका जितेन्द्र यादव विजयी १३०७ मतका साथ वडा अध्यक्षमा बिजयी भएका हुन् भने उनका निकटतम प्रतिद्धन्द्धी जसपाका १२७३ मत मात्रै प्राप्त गरे । यसअघि वडा अध्यक्षमा जितेका नेपाली काँग्रेसका उम्मेदवार चुमनदास चौधरी भने ५४९ मतका साथ तेश्रो स्थानमा रहे ।

यसअघि २०७४ को निर्वाचनमा उक्त वडामा काँग्रेसका चुमनदास चौधरी ७६५ मतका साथ निर्वाचित भएका थिए ।


सम्बन्धित खबरहरु