वीरगन्ज महानगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा जसपाका मनोज राउत कुर्मी विजयी भएका छन् ।
मङगलबार बिहान सकिएको वडा नम्बर १ को मतगणनाको अन्तिम परिणाम अनुसार , वडा अध्यक्षमा जसपाका कुर्मी विजय भएका हुन् ।
कुर्मी ८५२ मतका साथ वडा अध्यक्षमा बिजयी भएका हुन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका ओमप्रसाद गुप्ताले ७३३ मत मात्रै प्राप्त गरे । वडा नम्बर १ मा कुल ३१०८ मत खसेको थियो ।
वडा नम्बर १ को वडा अध्यक्षमा कुर्मी विजयी भएसंगै जसपाले महानगरमा दोश्रो जित हात पारेको छ ।
