आज:  | Wed, 22, Apr, 2026

वीरगञ्ज महानगरमा गठबन्धनलाई १५ सय मतको अग्रता

Avatar photo दिशा निर्देश १ जेष्ठ २०७९, आईतवार २१:५२ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा पाँच दलीय गठबन्धनका उमेदवारले अग्रता कायमै राखेका छन्। एमाले–लोसपा गठबन्धनका उम्मेदवारले पछ्याइरहेका छन्।

सत्ता गठबन्धनका उम्मेदवार जसपाका राजेशमान सिंहले २ हजार ८३२ मत ल्याउँदा एमालेका विजय सरावगीले १ हजार २८६ मत ल्याएका छन्।

उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले २ हजार २५ मत ल्याएका छन् भने एमाले–लोसपा गठबन्धनबाट उपमेयरका उम्मेदवार लोसपाका पुरुषोतम झाले ३३१ मत ल्याएका छन्।

यसैगरी राप्रपाबाट मेयरका उम्मेदवार गिरीश गिरीले ८६ मत प्राप्त गरेका छन्। उपमेयरमा विना जैसवालले १३३ मत प्राप्त गरेकी छन्।


सम्बन्धित खबरहरु