वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. २ काे वडा अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्र प्रसाद कुर्मी ८७५ मत ल्याई विजयी भएका छन् । भने उनकाे निकटतम प्रतिद्वन्धि नेकपा एमालेका उम्मेदवार नन्दलाल प्रसाद कुर्मीले ४९१ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका राजकिशाेर प्रसाद पटेलले ३५२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी पुष्पा देवी चाैहान ३३० र नेकपा माओवादी केन्द्रका राजिन्द्र प्रसाद कुर्मी ३० मत पाएका छन् ।
वडामा जसपाका कुर्मीसहितको उनकाे प्यानल नै विजयी भएकाे छ । वडाकाे महिला सदस्यमा जसपा कै ब्यान्ति देवी कुर्मी ९२३ मत, दलित महिला सदस्य नगिना देवी राम ९२० मत, सदस्यमा सुन्धर प्रसाद कुर्मी ८७९ मत र रमाेद राउत कुर्मी ८६९ मत प्राप्त गरी विजयी भएका छन् ।
यस वडामा गाउँपालिका अध्यक्षमा जसपाका मदन चाैहानले १६४८ मत, कांग्रेसका बशिष्टनारायण प्रसाद कुर्मी ८६५ मत र एमालेका महमद सदाम हुसेनले ५२६ मत पाएका छन् ।
उपाध्यक्षमा जसपाकी प्रियांका देवी यादव ८४० मत, कांग्रेसकी मंजु देवी ३५८, एमालेकी अनारकली देवी ५८९ मत पाएका छन् ।
