आज:  | Wed, 22, Apr, 2026

वीरगन्जको उपमेयरमा सदरभन्दा बदर मत बढी

Avatar photo दिशा निर्देश १ जेष्ठ २०७९, आईतवार १६:१७ मा प्रकाशित (३ साल अघि)

वीरगन्ज – मधेस प्रदेशको एकमात्र महानगर वीरगन्ज महानगरपालिकाको उप मेयरमा सदर भएको मतभन्दा बदर मत बढी भएको छ।
उपमेयरमा हालसम्म गणना गरिएको मत मध्ये सदरभन्दा बदर मत बढी भएको छ ।हालसम्म महानगरको उपमेयर कुल ३५७९ मत गणना गरिएको छ।

जसमध्ये सदर मतको संख्या १७०६ छ भने बदर मत संख्या १८७३ रहेको छ । वीरगन्जमा एक तर्फ पाँच दलले गठबन्धन गरेका छन भने अर्को तर्फ दुई दलले गठबन्धन गरेका छन ।जसका कारणले पनि मतदाता हरु झुकिएर अलमलमा परेपछि बदर मतको संख्या बढी भएको हो।

यसपालि मतदाता शिक्षा पनि निर्वाचन आयोगले सन्चालन नगर्दा मतदातालाइ मत कसरी हाल्ने वारेमा जानकारी नभएकोले बदर मत संख्या बढी भएको पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

मतदाता शिक्षा प्रभावकारी न भएकाेले र अर्को तर्फ महानगरमा गठबन्धन भएकाेले उम्मेदवार नभएको चुनाव चिन्हमा स्वास्तिक छाप लगाएका कारण बढी मत बदर भएको छ ।


सम्बन्धित खबरहरु