मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा पाँचदलीय गठबन्धनका मेयर पदका उम्मेदवारम जसपाका राजेशमान सिंह एमालेका उम्मेदवार विजयकुमार सरावगीभन्दा दोब्बर मतले अगाडि छन्।
वीरगन्ज महानगरपालिकाको वडा नम्बर १, २, ३१ र ३२ को गरि ३ हजार ७८ वटा मतपत्र गन्दा यो अग्रता देखिएको हो।
मेयरमा जसपाका सिंहले १ हजार ३ सय ६३ मत ल्याएर अगाडि छन भने एमालेका मेयर उम्मेदवार विजयकुमार सरावगी ६ सय ५९ मत ल्याएर पछ्याइरहेका छन्।
राप्रपा उम्मेदवार गिरिश गिरीले ४१ म्त प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयरमा पनि पाँच दलीय गठबन्धनका साझा उम्मेदवार इम्तियाज आलमले अग्रता लिएका छन् । आलमले १ हजार १२ मत प्राप्त गर्दै उनका निकटतम प्रतिद्वन्द्वी उनिसँग ८ सय ५२ मतको अन्तरले पछाडि परेका छन् । निकटम प्रतिद्विन्द्वी एमाले र लोसपाका साझा उम्मेदवार पुरुषोत्तम लाल झाले केवल १ सय ६० मत प्राप्त गर्न सकेका छन् । झा पछाडि राप्रपाकी विना जयसवाल कुर्मीले ५५ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले १५ मत प्राप्त गरेका छन् ।
