आज:  | Wed, 22, Apr, 2026

भरतपुर महानगरमा ९ बजे सर्वदलीय बैठक बस्दै, १२ बजेदेखि मतगणना गर्ने तयारी

Avatar photo दिशा निर्देश ३० बैशाख २०७९, शुक्रबार २२:५४ मा प्रकाशित (३ साल अघि)

चितवनको भरतपुर महानगरपालिकाको मतगणनाका लागि शुक्रबार राति ९ बजे सर्वदलीय बैठक बस्ने भएको छ। सबै मत पेटी संकलन गरेर मात्रै सर्वदलीय बैठक बस्ने भएको हो।

 

सर्वदलीय बैठक सकिएपछि राति १२ बजेदेखि मात्रै मतगणना हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। भरतपुरको मेयरमा मुख्यतः गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा मतगणना हुनेछ । मतगणनाका लागि तारजाली लगाइएको छ भने सीसीटीभी पनि जडान गरिएको छ ।

 


सम्बन्धित खबरहरु