आज:  | Wed, 22, Apr, 2026

मेयर उम्मेदवार सरावगीको घरदैलो कार्यक्रममा बालबालिकाको प्रयोग

Avatar photo दिशा निर्देश २५ बैशाख २०७९, आईतवार १४:३८ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – वीरगञ्ज महानगरका मेयरका उम्मेदवार विजयकुमार सरावगीको चुनावी कार्यक्रममा बालबालिका प्रयोग भएको पाइएको छ।
सरावगीले शनिबार गरेको चुनावी कार्यक्रमअन्तर्गत वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३० मा घरदैलो कार्यक्रम गर्दा बालबालिका प्रयोग गरिएको पाइएको हो।
वडा नम्बर ३० को प्रसोतीपुर टोलमा पुगेका सरावगीको र्‍यालीमा अटो रिक्सा र ट्र्याक्टरमा बालबालिका एमालेको झण्डासहित सवार भएका थिए।

र्‍यालीको सबैभन्दा अगाडि उम्मेदवार सरावगी कारमा सवार थिए। उनीसँगै महानगरको उपमेयर उम्मेदवार पुरुषोत्तम झा पनि सवार थिए। उनीहरू सवार गाडीको पछि र्‍यालीमा रहेका अटो रिक्सा र ट्र्याक्टरमा बालबालिका एमालेको झण्डासहित सवार भएर घरदैलो कार्यक्रममा सहभागी भएका थिए।

सातदेखि आठ वर्ष उमेर समूहका बालबालिकाको हातमा एमालेको सूर्य चिह्नअंकित झण्डा थियो भने उनीहरूले हिन्दीमा एमालेको समर्थनमा नारासमेत लगाउँदै थिए।
वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धन गरेर उम्मेदवार उतारेका छन्। जसअनुसार एमालेबाट मेयरमा सरावगी र उपमेयरमा लोसपाबाट झा उम्मेदवार छन्।


सम्बन्धित खबरहरु