बीरगन्ज, २२ बैशाख-गठबन्धनका तर्फबाट बीरगन्ज महानगरपालिकाको उपमेयर पदका उम्मेदवार इम्तियाज आलमले चुनाव नजिकिएसँगै घरदैलोलाई तिब्र बनाएका छन् ।
उनले बिहीबार एकैसाथ बीरगन्ज महानगरपालिकाको वडा नं. १३ र १७ मा घरदैलो । ![]()
महानगरका उपमेयरका साझा उम्मेदवार आलमले वार्ड नं १३ मा सो वार्डका अध्यक्षका नेपाली काँग्रेसका उम्मेदार शेख रुस्तम्का साथै जिल्लाका पूर्व सभापति अजय द्विवेदी, पूर्व सचिव श्याम पटेल लगायतका नेताकार्यकर्ताका घरदैलौ गरेका हुन् । ![]()
हजारौंको सङ्ख्यामा वार्डका लगभग सबै टोलमा घरदैलो गर्दै सम्पूर्ण वार्डवासी समक्ष आफूलाई मत दिई विजयी बनाउन आलमले आग्रह गरे । सक्रिय विद्यार्थी राजनीतिबाट आफ्नो राजनीति जीवनको सुरुवात गरेका आलम विगत ३ दशकदेखि पार्टीको हितका निम्ति अहोरात्र खटेर आफ्नो जिम्मेवारी निभाउने मध्येका एक हुन् । बीरगन्जबासीले अमूल्य मत दिई अत्याधिक मतका साथ विजयी बनाउनेमा आफु आश्वस्त रहेको आलमले स्पष्ट पारे । ![]()
त्यस्तै, जनता समाजवादी पार्टी र नेपाली काङ्ग्रेसबाट बीरगन्ज महानगरपालिकाका संयुक्त गठबन्धनका मेयरका उमेदवार राजेशमान सिंहसँगसँगै उपमेयरका उमेदवार आलमले बिहीबार नै अलौ वार्ड नं १७ मा पनि घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । ![]()
