वीरगञ्ज, २२ बैशाख । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ को वडाअध्यक्षका उम्मेदवार मनाेज राउत कुर्मीले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । ![]()
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी बाट वडाअध्यक्षमा उम्मेदवारी दिएका कुर्मीले वडाबासीसँगको भेटघाटलाई तिव्रता दिएका हुन् । ![]()
राजनीति एवम् सामाजीक पेशामा आबद्ध भइ वडा नम्बर १ का जनताको सुख दुःखमा साथ दिनुका साथै वडाको बिकासका लागि काम गरीरहेका कुर्मीले अब वडाअध्यक्षमा निर्वाचित भएर वडालाई समृद्ध बनाउने बताएका छन् ।
वडामा शिक्षित एवम् जोश र जाँगरसहितको युवा बिकल्पको रुपमा उभिएको हुँदा युवालाई नै जिताउनुपर्नेमा स्थानीय पनि सकारात्मक देखिन्छन् । ![]()
त्यसैगरी वडावासीले महानगरपालिकाको गठबन्धनका मेयर पदमा राजेशमान सिंह र उपमेयरमा इम्तियाज आलमलाई जिताउने बताए । ![]()
