बीरगन्ज,२१ बैशाख – स्थानिय तहको निर्वाचनको केवल ९ दिन बाकी रहँदा पर्सामा पाँच दलिय गठबन्धन बलियो हुन थालेको छ । निर्वाचन नजिकै जदाँ दशै भरी चुनाव जित्ने जोड घटाउमा नेताहरु व्यस्थ हुन थालेको छ । स्थानिय तहको निर्वाचनमा निकै चर्चामा रहेको देशकै आर्थिक राजधानी बीरगन्ज महागनरपालिकामा पनि नेताहरु आफ्नो जित सुनिश्चित रहेको भन्दै समीकरणहरु बताउन थालेका छन् । जनतालेको जनबोली तथा बिभिन्न सर्वेहरुले पनि को कति बलियो रहेको भन्ने कुरा खुलाउन थालेको छ ।
बिभिन्न सर्वे तथा मिडियाहरुले तयार पारेको रिर्पोटहरुलाई अधार मान्ने हो भन्ने पाँचदलिय गठबन्धनबाट उम्मेदवारी दिएका जनता समाजपादी पार्टीका नेता राजेशमा सिंह मेयर पदमा जित्ने अधारहरु पक्का रहेको देखिएको छ । त्यसै उपमेयर पदमा पाँच दलिय गठबन्धनकै उम्मेवार इम्तियाज आलम जित्ने पक्का रहेको सर्वेक्षणहरुले देखाएको छ । यी दुबै नेताहरुलाई पर्सामा ठूला नेताहरुको सहयोग पनि रहेको छ ।
शुरुमा जनता समाजवादी पार्टीसँग तालमेल गर्न कठिन हुन सक्ने अडकलबाजी गरिए पनि पछिल्लो समयमा पाँच दलिय गठबन्धन बलियो हुन थालेको छ । चुनावी कार्यक्रममा नेपाली काग्रेस सहित पाँच दलिय गठबन्धन भित्रका अन्य दलहरु पनि सहभागी हुन थालेका छन् भने घरदौलो तथा चुनावी कार्यक्रम सयुक्त रुपमा गर्न थालेका छन् ।
पाँच दलिय गठबन्धनका उम्मेदवार जिताउन पर्सामा नेपाली कांग्रेसका स्थापन पक्ष र स्थापन इतर दुबै पक्षले सक्रिया बढाएका छन् । गठबन्धनका लागि भोट माग्न नेपाली कांग्रेस नेता राजेन्द्र बहादुर आमात्य,अजय द्विवेदी,श्याम पटेल,महिला नेतृ डा. सुस्मा द्विवेदी,रामनारायण कुर्मी लगायतका नेताहरु महानगरवासीको घरदैलोमा पगेका छन् । त्यसै गरी नेकपा एकिकृत समाजवादी पार्टीका नेता नागेन्द्र चौधरी,रामचन्द्र साह,चिरञ्जिवी आचार्य,बालगोपाल थापा,मनोज चौधरी लगायतका नेताहरुले सक्रियता बढाएका छन् ।
माओवादी केन्द्रका जिल्ला स्थित सबै ठूला नेताहरु गठबन्धन पर्सामा बलियो रहेको प्रतिक्रिया दिदै जित सुश्चित रहेको दावी गरेका छन् । युवामाझहरु चर्चित रहेका माओवादी केन्द्रका नेता रहबर अंसारीले पनि गठबन्धनका उम्मेदवारहरुलाई समर्थन गरेका छन् । यसरी पर्सामा गठबन्ध मजबुद भएसँगै भारी मत अन्तरले मेयरमा राजेशमान सिंह र उपमेयरमा इम्तियाज अली जित्ने संकेत देखिएको छ ।
जनता समाजवादी पार्टीका नेता प्रदिप यादवले लडाई प्रतिगमन बिरुद्धमा रहेको कारण महानगरमा गठबन्धन बलियो रहेको बताएका छन् । उनले प्रतिगमन तथा महानगरको भ्रष्ट शासकको बिरुद्ध महानगरवासी गोलबध भएको बतउदै महानगरका जनता एकजुट रहेको कारण गठबन्धका उम्मेदवारहरुको जित सुनिश्चित रहेको बताएका छन् ।
देशका ठूला संचार माध्यहरुले बनाएका रिर्पोट,स्थलगत जनतबोली तथा समाजिक सञ्जालमा गरिएका सर्वेक्षणहरुले पनि राजेशमानको जित पक्का रहेको देखाएकाे छ । बीरगन्जमा त्रिपक्षिय लगाई रहेको भए पनि मेयर पदमा भारी मतान्तरले चुनाव जनता समाजवादी पार्टीका नेता राजेशमानले जित्ने संकेत देखिएको छ ।
