वीरगञ्ज २० वैशाख । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १ अध्यक्ष पदका उम्मेदवार मनाेज राउत कुर्मी ईस्लाम धर्मावलम्बीहरुको ठूलो पर्व ईदको अवसरमा शुभकामना आदानप्रदान गरेका गरेका हुन । ![]()
जनता समाजवादी पार्टी नेपाल, वीरगञ्ज महानगरपालिकामा वडा नं.१ का उम्मेदवार कुर्मीले रमदान महिना सकिएको खुसियाली मनाइने ईदको अवसरमा स्थानीयहरुसँग भेटघाट गरी शुभकामान आदान प्रदान गरेका हुन् ।
ईद पर्वले समाजमा प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै कुर्मीले सबै जातीय, धार्मिक तथा वर्गीय समुदायले एकअर्कासँग मिलेर एकअर्काको पर्वमा खुसियाली मनाउनु पर्ने सुझाव दिए । ![]()
