आज:  | Tue, 21, Apr, 2026

महिलालाई कुनै पनि पदमा उम्मेदवार नबनाएकाे भन्दै बीरगन्जमा विरोध प्रदर्शन

Avatar photo दिशा निर्देश १० बैशाख २०७९, शनिबार १९:१४ मा प्रकाशित (३ साल अघि)

स्थानीय तहको निर्वाचनमा महिलालाइ कुनै पनि पदमा उम्मेदवार नबनाएकाे भन्दै बीरगन्जमा विरोध प्रदर्शन भएकाे छ ।
नेपाली काँग्रेस ,लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) लगायत दलका महिला नेतृ र कार्यकर्ताहरुले बीरगन्जमा शनिवार जुलुश निकालेर विरोध प्रदर्शन गरेका छन् । घण्टाघरबाट शुरु भएको विरोध जुलुश नगरपरिक्रमा पछि पुन घण्टाघर चोकमै फर्किएर कोणसभामा परिणत भएको थियो ।

विरोध प्रदर्शनमा सहभागि महिलाहरूले “महिलाको सहभागीता सुनिश्चित गर, गठबन्धनको नाममा संविधान मिच्न पाइदैन” जस्ता नारा लगाएका थिए ।
कोणसभालाइ सम्बोधन गर्दै काँग्रेस नेतृत्व डाक्टर सुष्मा द्विवेदीले पर्सामा पालिकाहरुमा अहिले हरेक दलले महिला वडा सदस्य बाहेक कुनै पनि पदमा महिलालाइ उम्मेदवार बनाउने चलखेल गरिरहेको बताइन् ।
यसले संविधानमा महिलाले पाएको हक पनि मिचिएको भन्दै यो महिलाका लागि दुर्भाग्य भएको उनले बताइन् ।

महिला नेतृहरुले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका नाममा दलहरुले महिलाहरुको सहभागीता शुन्य पार्ने खाेजेकाे र संविधानमा स्थानीय तहको प्रमुख वा उप्रमुखका उम्मेदवार मध्ये एक जना महिला अनिवार्य हुनु पर्ने प्रावधान भएपनि महिलालाइ उम्मेदवार नबनाउनु प्रति विरोध जनाएका थिए ।


सम्बन्धित खबरहरु