आज:  | Tue, 21, Apr, 2026

वीरगन्जबाट मधेसखबर र रातोपाना रातोपान अनलाइनपत्रिका सन्चालन

Avatar photo दिशा निर्देश १० बैशाख २०७९, शनिबार १५:०४ मा प्रकाशित (३ साल अघि)

रातो पाना र मधेश खबर अनलाईनको शनिवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । बीरगन्जको पानीट्यांकीस्थित कार्यालयमा मधेश प्रदेशका उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा, पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादव लगायतले सयुँक्त रुपमा उद्घाटन गरेका छन् ।
मधेश खबरका सञ्चालक एवम् प्रबन्धक क्रान्ति शाहको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका मन्त्री शर्माले अनलाई सञ्चालन गर्न चुनौती रहेको बताए । चुनौतीहरुको सामना गर्दै अनलाईन सञ्चालन गर्ने आँट गरेकोमा बधाई तथा शुभकामना दिँदै मन्त्री शर्माले गुणस्तरीयताका साथ निरन्तरता दिन आग्रह गरे ।

सांसद यादवले वीरगन्जको पत्रकारीतामा स्थापित पत्रकारहरुको टिमले सन्चालन गरेको यी दुवै अनलाइन पत्रिका, पत्रकारीताको व्यवसायिक मुल्य मान्यतामा खरो रुपमा उत्रने विश्वास लिएको बताए ।
पत्रकार , कुनै पनि दल विशेषको आस्था र प्रभावमा पर्न नहुने भन्दै यादवले पत्रकारीता क्षेत्रमा अहिले देखिएको दलगत आग्रह र पूर्वाग्रह नहटाए सम्म पत्रकारीता स्वतन्त्र र निष्पक्ष हुन नसक्ने बताए । 
पर्साको पोखरीया नगरपालिकाका निवर्तमान मेयर दिप नारायण रौनीयार (मन्टु) ले मधेसखबर डटकम र रातोपाना डटकमको सफलताको शुभकामना दिदै पत्रकारीता सत्यतथ्य र निष्पक्ष हुनु पर्नेमा जोड दिए ।
पोखरीया नगरपालिकाकै उपमेयर सल्मा खातुनले यी दुवै अनलाइन पत्रिकाले समाजका विकृति र विसंगति विरुद्ध आवाज उठाउनु पर्ने बताइन् ।
उनले समाजमा पछि परेका र पछाडि पारिएका महिला , अल्पसंख्यक , सिमान्तकृत समुदायको अधिकार र उत्थानका लागि पत्रकारको कलम अझ धेरै चल्नु पर्नेमा जोड दिइन् ।

कार्यक्रममा बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले बीरगन्जमा पनि व्यावसायीक पत्रकारिताको बिकास भइसकेको बताए । कार्यालय सञ्चालन गरेर अनलाईनहरुले पनि सशक्त ढंगले सञ्चालन गरेर बीरगन्जको बिकासका लागि कलम चलाउनुपर्ने अध्यक्ष डा. गुप्ताको भनाइ रहेकाे थियाे ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेत , सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल , ट्राफिक प्रहरी निरिक्षक ध्रुब दाहाल, मानव सेवा आश्रम वीरगन्जकी संयोजक सानु मानवसेवा , नेपाल रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तव, यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख सुशिल साह , डाक्टर महेश सिंह धामी , सामाजिक अभियन्ता प्रकाश थारु , दिलिपराज कार्की लगायतको पनि उपस्थिती रहेको रातोपाना डटकमका प्रबन्ध निर्देशक अमित अग्रवालले जानकारी दिए ।


सम्बन्धित खबरहरु