आज:  | Tue, 21, Apr, 2026

महानगर भागबण्डामा सहमति : बीरगन्ज जसपालाई

Avatar photo दिशा निर्देश ६ बैशाख २०७९, मंगलवार १६:३४ मा प्रकाशित (४ साल अघि)

काठमाडौँ,०६ वैशाख । सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ ।
मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगर कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक/एक महानगरको नेतृत्व लिने सहमति गरेको स्रोतले बताएको छ ।

त्यस अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले बीरगन्ज महानगरपालिकाको नेतृत्व पाउनेछ ।

नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एक नेताले बताए । सहमतिको खाका मंगलबार साँझसम्म तयार हुने उनले बताए ।


सम्बन्धित खबरहरु