आज:  | Tue, 21, Apr, 2026

बहुदरमाई पछि जगरनाथपुरका अध्यक्ष जालिम मियाँले गरे गाडी फिर्ता

Avatar photo दिशा निर्देश ६ बैशाख २०७९, मंगलवार १६:१७ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज, ६ बैशाख ।
पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँले प्रयाेग गर्दै आएकाे गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् । अध्यक्ष मियाँले प्रयाेग गर्दै आएकाे बा २ झ ४२४४ नम्बरकाे हायलक्स गाडी फिर्ता गरेका हुन् ।

मंगलबार विहान मियाँले गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत एवम् जिन्सी शाखा प्रमुख उत्तम सिंहलाई गाडीकाे साँचो हस्तान्तरण गरेका हुन् ।

नैतिकताकाे आधारमा आफुले चुनाव प्रचार प्रसारमा सरकारी गाडीकाे दुरुपयाेग नहाेस भन्ने उद्देश्यले गाडी बुझाएकाे अध्यक्ष मियाँले वताए ।

यस अघि साेमबार बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र साहले पनि आफूले प्रयोग गर्दै आएको गाडी नगरपालिकालाई फिर्ता गरेका थिए । साहले प्रयोग गर्दै आएको ना. १ झा १६६१ नम्बरको स्कर्पियो गाडीकाे साँचो निमित्त प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद उप्रेतीलाई हस्तान्तरण गरेका थिए ।

तर अझै पनि जिल्लाको एक महानगरपालिका, दुई नगरपालिका र ८ गाउँपालिकाका प्रमुखले प्रयाेग गर्दै आएकाे पालिकाकाे गाडी बुझाउन बाकी रहेकाे छ ।


सम्बन्धित खबरहरु