आज:  | Tue, 21, Apr, 2026

वीरगञ्ज रानीघाटमा जसपाको घरदैलो, वर्तमान मेयरले महानगरलाई नरकपालिका बनाएको आरोप

Avatar photo दिशा निर्देश ६ बैशाख २०७९, मंगलवार ००:२१ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज, ५ बैशाख । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा जनता समाजवादी पार्टी नेपाल (जसपा) ले घरदैलो गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जसपाले वडाको रानीघाट टोलमा घरदैलो गरेको हो ।

घरदैलोमा जसपाबाट वीरगञ्ज महानगरपालिकाका मेयर उम्मेदवार राजेशमान सिंह, सङ्घीय सांसद् प्रदीप यादव, वडा नम्बर ९ का वडा अध्यक्ष मनोज कलवारलगायतको सहभागित रहेको थियो ।

स्थानीयसँग भेटघाट गर्दै उनीहरुले जसपाको छाता छापमा मतदान गर्न आग्रह गरेका थिए । वीरगञ्जको विकास जसपाको नेतृत्वमा मात्र सम्भव हुने बताउँदै उनीहरुले जसपाका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका थिए ।

वीरगञ्ज वर्तमान मेयर विजयकुमार सरावगीले नगरलाई नरकपालिका बनाएको राजेशमान सिंहले आरोपसमेत लगाएका थिए । त्यसैगरी विजय सरावगीले महानगरपालिकालाई भ्रष्टहरुको अखाडा बनाएको सांसद् यादवको आरोप थियो ।


सम्बन्धित खबरहरु