वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगिले चुनावी अभियानका क्रममा ट्राफिक नियम र निर्वाचन आचार संहिताको धज्जी उडाएका छन् । वीरगञ्ज १६ नगवामा हिजो आईतबार ४ गते आयोजीत मोटरसाईकल ¥यालीमा उनी हेलमेट नलगाई भारतीय मोटरसाईकलमा सवार भएर ट्राफिक नियम र आचार संहिताको धज्जी उडाएका हुन् ।
ट्राफिक नियमानुसार विना हेलमेट मोटरसाईकल चढ्न पाइँदैन भने निर्वाचन प्रचारका क्रममा भारतीय सवारीको प्रयोग गर्न रोक लगाईएको छ । नियम थाहा नपाएर गल्ती गरेँ भन्न नपाईने कानुनी व्यवस्था भएको मुलुकमा स्थानिय सरकार प्रमुखले नै कानुनको धज्जी उडाउनु सामान्य विषय होईन ।
त्यसो त मेयर विजय कुमार सरावगिले वीरगंज महानगरलाई हर्न निषेध घोषणा गरेका थिए तर कार्यान्वयनमा आउन सकेको छैन ।
स्थानीय सरकार प्रमुख भएर कानुनको बर्खीलाप काम गरेका मेयर सरावगिको सामाजिक सञ्जालमा जनस्तरबाट चर्को आलोचना भईरहेको छ । सस्तो लोकप्रियताको लागि विभिन्न घोषणा गर्ने र कार्यान्वयन गर्न नसक्ने छवि बनाएका सरावगीलाई जनताले एक पछि अर्को प्रश्न उठाईरहेका छन् ।
यस बिषयमा मेयर सरावगिले आफुबाट गल्ती भएको स्वीकार गरे ।” अरुले बस भने म बसेँ मलाई थाहै भएन “। उनी भन्छन् अब देखी यस्तो गल्ती हुँदैन । सरावगिले ट्राफिक नियम उल्लंघन गरेको बारे सचेत गराईने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी बरिष्ठ नायब निरिक्षक राजेन्द्र गैरेले बताए ।
निर्वाचन आचार संहिता उल्लंघनको घटनामा कारवाहि गर्न सक्षम रहेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए । आफुहरुले नेदेखेको ठाउँमा यस्तो घटना भएपनि प्रहरीको पहुँच भएको स्थानमा ठाउँको ठाउँ कारवाहि हुने बस्नेतको भनाई थियो ।
