आज:  | Tue, 21, Apr, 2026

एमालेले पर्सागढीको मेयरमा विष्ट र उपमेयरमा चौधरीलाई सर्वसम्मत सिफारिस

Avatar photo दिशा निर्देश ५ बैशाख २०७९, सोमबार १३:०६ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज, ४ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि पर्सागढी नगरपालिकामा एमालेबाट मेयर र उपमेयरका उम्मेदवार सर्वसम्मत सिफारिस गरिएको छ ।

पर्सागढी नगरपालिकाको लागि एमालेले पुनः मेयरमा गोकर्ण पाठकलाई अगाडि बढाउने भएको छ । गत निर्वाचनमा थोरै मतले पराजित पाठक पुनः मेयरमा उठ्ने निश्चित भएको एमाले पर्सागढीले जनाएको छ ।

पाठक गत निर्वाचनमा जम्मा ६५ मत अन्तरले पराजित भएका थिए । यसैगरि उपमेयरमा पूजा चौधरीलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।

गत निर्वाचनमा मेयरमा कांग्रेसले जितेको यस नगरपालिकामा एमालेले यस पटक आफ्नो जित निश्चित भएको दाबी गरेको छ । कांग्रेसबाट निर्वाचित मेयरले पाँच वर्षको अवधिमा उपलब्धि मूलक काम नगरेकाले आम नागरिक असन्तुष्ट रहेको ,तेस्रो भएको तत्कालीन फोरमको अवस्था समेत पहिले जस्तो नभएकाले आफ्नो जित निश्चित भएको एमाले पर्सागढी नगर कमिटी अध्यक्ष दुर्गा लामिछानेले बताए ।


सम्बन्धित खबरहरु