आज:  | Tue, 21, Apr, 2026

६२ लाखभन्दा बढी मूल्यको राजस्व छलिको सामान सहित ट्रक सशस्त्र प्रहरी नियन्त्रणमा

Avatar photo दिशा निर्देश ४ बैशाख २०७९, आईतवार १९:४४ मा प्रकाशित (४ साल अघि)

वीरगंज । वीरगंजको गण्डकबाट सशस्त्र प्रहरीले ६२ लाख ५६ हजार भन्दा बढी मूल्यको राजस्व छली भित्र्याइएको सामान सहितको ट्रकलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर १४ गण्डक बाट अवैध रुपमा राजस्व छली भित्र्याइएको सामान वीरगंजबाट काठमाडौँ तर्फ लैजान लागेको अवस्थामा प्रज्ञापन पत्र भन्दा बढीको सामान बोकेको ना ६ ख ४४७४ नम्बरको ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीले ट्रकबाट ४२ लाख ५६ हजार १ सय २९ रुपैयाँ बराबरको प्रज्ञापन पत्र विनाको मोबिल, भारतीय कपडा र खुद्रा सामान र २० लाख मूल्य बराबरको ट्रक गरी ६२ लाख ५६ हजार १ सय २९ रुपैयाँ मूल्याङ्कन गरेर थप कारबाहीका लागि ट्रकलाई आज राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।


सम्बन्धित खबरहरु