आज:  | Tue, 21, Apr, 2026

रामनरेशले जारी गरेको विज्ञप्तिको कुनै तुक छैन: सांसद यादव

Avatar photo दिशा निर्देश ४ बैशाख २०७९, आईतवार १५:०३ मा प्रकाशित (४ साल अघि)

बिरगंज ।
जसपा पर्साका अध्यक्ष रामनरेश यादवले व्यक्तिगत रुपमा शनिबार विज्ञप्ति जारी गरेकाले त्यसको भ्रममा नपर्न माननीय प्रदीप यादवले आग्रह गरेका छन् ।

देशभरि महानगरहरुमा माथि बाट गठबन्धन भएकोले पर्साको अध्यक्ष रामनरेश यादवले व्यक्तिगत रुपमा जारी गरेको विज्ञप्तिको कुनै तुक नभएको उनले बताए ।

गठबन्धनको उम्मेदवार वीरगंज महानगरपालिकाको राजेशमान सिंह नै भएको माननीय यादवले दाबी गर्दै आएका छन् ।
वैशाख ३० का दिन हुन गइरहेको स्थानीय तहको निर्वाचन सन्दर्भमा पर्सामा कांग्रेस र जसपाका दुवै दलले स्थानीय नेता र कायकर्ताको मनोभावनाको कदर गर्दै छुट्टाछुट्टै जिल्लाको १४ वटै स्थानीय तहमा मित्रवत् प्रतिस्पर्धा गर्न जारी गरिएको ’ विज्ञप्तिमा कुनै सत्यता नरहेको सांसद यादव काे भनाइ छ ।


सम्बन्धित खबरहरु