नेकपा माओवादी केन्द्रका बीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारीलाई तत्काल कारबाही नहुने भएको छ।
नेकपा माओवादीको जिल्ला कमिटीले बुधबार अन्सारीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो।
माओवादीको विधान अनुसार जिल्ला समितिले कारबाहीको सिफारिस मात्रै गर्न सक्ने र प्रदेश समितिले त्यसबारे निर्णय गर्न सक्छ । साहले पार्टी कार्यालय भएको तोडफोडको विषयमा छानविन भइरहेको केन्द्रका मधेस इञ्चार्ज गणेश साहले बताए।
‘हामीले घटनाबारे छानबिन गरिरहेका छौं। छानबिनको रिपोर्ट आएपछि मात्रै यसबारे निर्णय हुन्छ। जिल्ला कमिटीले कारबाही गर्न सक्दैन,’उनले भने,’मधेस प्रदेशको पार्टी कार्यालय तोडफोडमा संलग्नलाई मात्रै कारबाही गर्ने हो। त्यसमा अन्सारीको संलग्नता देखिएको छैन।’
