आज:  | Tue, 21, Apr, 2026

६ वर्षीय बालिकालाई जबर्जस्ती करणी गर्ने पक्राउ

Avatar photo दिशा निर्देश २ बैशाख २०७९, शुक्रबार १७:५७ मा प्रकाशित (४ साल अघि)

६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्सा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार गत चैत २६ गते चौधरीको घर अगाडि खेल्न आएका बेला ६ वर्षीया ती बालिकालाइ चौधरीले ललाइफकाइ आफ्नो कोठामा लगेर बलात्कार गरेका थिए।

बालिकालाई जबर्जस्ती करणी गरेको प्रहरीले बारा प्रसौनी गाउपालिका–५ घर भई हाल वीरगञ्ज महानगरपालिका १६ बस्ने ५५ वर्षीय पलट चौधरीलाई पक्राउ गरेको हो।

पीडित बालिकाले आफूसंग भएको दुष्कर्म बारे शुक्रबार मात्रै अभिभावकलाई जानकारी दिएकी थिइन्।

जबर्जस्ती करणी गरेको भनी पीडित बालिकाका अभिभावकले दिएको जाहेरीको आधारमा चौधरीलाई उनकै घरबाट पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

पीडित बालिकालाई स्वास्थ्य परिक्षणका लागि नारायणी अस्पताल पठाइएको उनले बताए।
पक्राउ परेका चौधरीमाथि जबर्जस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रवक्ता खनालले बताए।


सम्बन्धित खबरहरु