आज:  | Tue, 21, Apr, 2026

नारायणी अस्पतालका बरिस्ठ चिकित्सक डा. सिँह प्रबल जनसेवा श्री चतुर्थ श्रेणीबाट बिभुषित

Avatar photo दिशा निर्देश २ बैशाख २०७९, शुक्रबार १४:३१ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज स्थित नारायणी अस्पतालका बरिष्ठ फिजिसियन डा. निरज सिँह नेपाल सरकारको प्रबल जनसेवा श्री चतुर्थ श्रेणीबाट विभुषित भएका छन् ।

स्वास्थ्य क्षेत्रमा निरन्तर सक्रिय रहेर सामाजिक उत्तरदायीत्व बहन गर्ने एवम् कर्तव्यनिष्ठ रहेका सिँहलाई राष्ट्रपति विद्या देवी भण्डारीले सम्मान गरेकी हुन् । विशेष गरी कोभिड १९ को महामारीमा अग्रपंक्तिमा खटिएका डा. सिँहको योगदान प्रशंसनीय थियो ।

संविधान दिवस असोज ३ गते घोषना गरिएको राष्ट्रपति पुरूस्कार यही २०७९ बैशख १ गते राष्ट्रपति भवन शितल निवास बाट प्रदान गरिएको हाे ।

पर्सा बाट पत्रकार बृजलाल पासवान बिरगंज महानगरपालिका का उप मेयर शान्ति कार्की ,मुसकान खातुन लगएत विभिन्न छेत्र का व्यक्तित्त्व हरू ले पनि पुरस्कार ग्रहण गर्नु भएको हाे । कोभिड माहामारी को आक्रन्त को बेला बिरगंज र यस वरिपरी को छेत्र पर्सा का ग्रमिण भुभाग्, बारा,रौतहट र सर्लाही को जनता को बिच मा आशाको किरण को रुपमा बरिस्ठ चिकित्सक निरज कुमार सिंह स्थापित भएका थिए ।

नारायणी आस्पताल्, एड्भान्स मेडिकेयर , अलि अर्थो हास्पिटल र शान्ति पोली क्लिनिक बिरगंजमा कोविड का बिरामी हरू लाई भर्ना एबम ओ पि डि मार्फत चिकित्सक सिंह ले पूराय को सेवा लाईइ कदर गर्दै उच्च सम्मान दिदै सरकार ले राष्ट्र्पती पुरूस्कार प्रवल जन श्री ले सम्मानित गरेको हाे । यस अघी पनि चिकित्सक सिंह लाई प्रधान सेनापती प्रशंसा निशान बाट सम्मानित भएका थिय ।

वारवरा फौउन्डसन ,स्वास्थ्य दर्पण जस्तो प्रतिष्ठित राष्ट्रीय पुरूस्कार बाट पनि उनि सम्मानित भएका थिए ।यश अघि पनि स्थानिय तहमा पनि बिभिन्न संघ संस्थाहरूले डाक्टर सिंहलाई सम्मानित गरेको थियो ।


सम्बन्धित खबरहरु