आज:  | Wed, 22, Apr, 2026

स्वास्थ्य, शिक्षा र युवाको आर्थिक समृद्धिनै मेरो सपना हो :राजेशमान सिंह

Avatar photo दिशा निर्देश ३० चैत्र २०७८, बुधबार २३:२६ मा प्रकाशित (४ साल अघि)

स्वास्थ्य, शिक्षा र युवाको आर्थिक समृद्धिनै मेरो सपना होस् राजेशमान
जसपा पार्टीले औपचारिक रुपमा नेता राजेशमान सिंहलाई महानगरको मेयरको उम्मेदवार घोषणा गरेदेखि नै प्रत्येक वडामा जनलहर बढ्दै गएको छ ।

 

उनले घरदैलो कार्यक्रममा बीरगन्जको शिक्षा, स्वास्थ्य र युवाको आर्थिक समृद्धिनै उनको सपना रहेको बताउँदै आएकाछन् ।

सिंहले आफूले महानगरको जनतासँग जोडिएको हरेक मुद्दालाई प्राथमिकतामा राख्दै महानगरको शिक्षा, स्वास्थ्य र युवाको रोजगारीका लागि विभिन्न अवसर सृजना गरि कार्य गरिने भन्दै बीरगन्जको हरेक वडामा कार्यक्रम गर्दै जनतासंग भेटघाट कार्यलाई तिब्रता दिएका छन् ।

नेता सिंहले आफू मेयरमा निर्वाचित भए वर्तमान मेयर विजय सरावगीले गरेको भ्रष्टाचारलाई भण्डाफोर गरि कानुनी कटघारामा उभ्याउने समेत बताउँदै आएका छन् ।

 


सम्बन्धित खबरहरु