आज:  | Tue, 21, Apr, 2026

१५ वर्षीया नाबालिग किशोरी करणी आरोपमा एक जना पक्राउ

Avatar photo दिशा निर्देश २९ चैत्र २०७८, मंगलवार २३:२३ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज– १५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले जबरजस्ती करणी उद्योगको आरोपमा पर्साको पटेर्वा सुगौली गाउँपालिका ४ बस्ने आदेश पटेललाई पक्राउ गरेको हो। उनले आइतबार किशोरीको पिछा गरी  उनको घरनजिकैको गोठमा लगेर जबरजस्ती करणी उद्योग गरेको प्रहरीले जनाएको छ। किशोरी चिच्याएपछि उनी भागेका थिए।

किशोरीका अभिभावकले दिएको जाहेरीको आधारमा प्रहरीले सोमबार पटेललाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।


सम्बन्धित खबरहरु