आज:  | Tue, 21, Apr, 2026

मधेशको विकासका लागि सँधै गम्भीर रहने एमाले मधेस विरोधीको आरोप लगाउँदैमा केही फरक नपर्ने : ओली

Avatar photo दिशा निर्देश २२ चैत्र २०७८, मंगलवार १९:१९ मा प्रकाशित (४ साल अघि)

वीरगन्ज, २२ चैत । नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले करिब ६० वर्षदेखि मधेशको बासिन्दा रहेको दाबी गरे । उहाँले मधेशको विकासका लागि सँधै गम्भीर रहेको आफूलाई मधेस विरोधीको आरोप लगाउँदै केही फरक नपर्ने बताउनुभयो ।

‘६० वर्षदेखि म मधेसको बासी हुँ। मलाई इनार कसरी खन्नुपर्छ, चापकल कसरी गाड्नुपर्छ भन्ने थाहा छ,’ उनले भने, ‘भैंसीको पिठ्युँमा बसेर भैंसी कसरी चराउनुपर्छ, हलो कसरी जोत्नुपर्छ मलाई थाहा छ, म त्यो तराईको मान्छे हुँ।’

मधेसमै बयलगाडामा धान, चामल बाकेर हिँडेको आफूलाई अहिले पनि याद रहेको ओलीको भनाइ थियो। मधेसमा पहाडमा जस्तो विष्फोट गरेर बाटो बनाउन जरुरी नभएकोले सबैभन्दा विकाश गर्न सजिलो तराईमा भएको दाबी उनले गरे।, सबै ठाँउमा इन्टरनेट पुर्याउने केपी ओली अनि ओलीाई मधेश बिरोधी भन्ने ? एमालेको सरकार रहेको समयमा मधेशको ढल्केबर जनकपुर सडक बनाए, राईका खेतमा सिँचाइ गर्ने मरिन सुनकोशी डाइभर्सन योजना सुरू गरेको काम भईरहेको बताउनुभयो ।

उहाँले लोडसेडिङ हटायौ अहिले तिनै मान्छे ४ रुपैयामा भारतलाई बिजुली बेच्छन र ३८ रुपैयामा भारतसंग किन्ने गरेको बताउनुभयो । अध्यक्ष ओलीले अर्थतन्त्र ध्वस्त हुदैछ, हिजो मात्र राष्ट्रबैकले बिभिन्न आदेश जारी गरेको छ, व्यापारीले कुनै सामान आयात गर्नुपर्यो भने डलर छैन । ‘नेपालमा तरलताको समस्या पैदा भएको छ , लगानी गर्न सकिदैन अहिले देश संकटमा पुगेको बताउनुभयो ।

कार्यक्रममा पर्साको विभिन्न पालिकाका निर्वाचित जनप्रतिनिधी नाम चलेका नेताका साथै सर्वधारण गरी ठूलो संख्यामा एमालेमा प्रवेश गरेका छन्।

पर्साको सखुवा प्रसौनी गाँउपालिको उपाध्यक्षमा जसपाबाट निर्वाचित फुलमतिदेवी चौधरी, बहदुरमाइ नगरपालिकाको उप्रमुखमा काँग्रेसबाट निर्वाचित गायत्री देवी यादव, धोबीनी गाँउपालिकाका उपाध्यक्ष पारसनाथ कुर्मी एमालेमा प्रवेश गरेका हुन्।


सम्बन्धित खबरहरु