नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ५८ पैसा र बिक्री दर १२१ रुपैयाँ १८ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ४१ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ १५ पैसा र बिक्री दर १५८ रुपैयाँ ९३ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ तीन मात्र र बिक्री दर १३० रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ६२ पैसा र बिक्री दर ९१ रुपैयाँ सात पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ९६ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ८३ पैसा र बिक्री दर नौ रुपैयाँ ८८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९५ पैसा र बिक्री दर १९ रुपैयाँ चार पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
